Gatha Media
सोमवार, माघ १९, २०८२
| February 2, 2026 |

तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ

काठमाण्डौ ।

काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले थप १८ जनालाई पक्राउ गरेको छ । सो घटनामा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ ।

यसअघि सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा विष्णुजंग बस्नेत र सितादेवी राई रहेका छन् । सोमबार प्रहरीले विष्णुजंग बस्नेत, सितादेवी राई, देवी संग्रौलालाई पक्राउ गरेको थियो ।

मंगलबार पुनः १८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरू राजावादी समूहको आन्दोलनका कमान्डर दुर्गा प्रसाईं निकट रहेको बुझिएको छ ।

यही प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

# गाथा मिडिया # पक्राउ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


सञ्चालक: अजय खड्का 
गाथा मिडिया नेटवर्क प्रा.लि.
सम्पादक: लक्ष्मण मगर
टिम

सुचना बिभाग दर्ता नं.
५०२२/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
५०३१/०८१/०८२

सम्पर्क: विर्तामोड- ४, झापा
९८५२६१००००
९८४१५२०५४४

info@gathamedia.com

© 2024 - 2026 Gatha Media Network Pvt.Ltd. All Rights Reserved.